चुरे संरक्षणको माग गर्दै सप्तरीबाट पैदलयात्रा गरेको टोली काठमाण्डौ आइपुग्यो

 जेठ १०, २०८१ बिहीबार १०:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – चुरेक्षेत्र संरक्षणको माग गर्दै गएको वैशाख १७ गते सप्तरीबाट पैदलयात्रा थालेको टोली काठमाण्डौ आइपुगेको छ । सिरहा, धनुषा, बारा र रौतहटका २२ जनाको टोली २५ औँ दिनमा आज बिहान काठमाण्डौ आइपुगेको हो । चुरे अतिक्रमण र दोहनले खानेपानीको स्रोत सुकेकाले यसको संरक्षणको माग गर्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानले सप्तरीदेखि काठमाण्डौसम्म पैदलयात्रा गरेको हो ।

अभियानका संयोजक सुनिल यादवले चुरे र त्यहाँ रहेका वन जोगाउनुपर्ने आफूहरुको माग रहेको र माग पूरा नभएसम्म काठमाण्डौमै रहने बताउनुभयो । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार स्थानीयबासिन्दाले खेप्नु परेको यादवको भनाइ छ । अघिल्लो वर्ष पनि यही माग लिएर पैदलयात्रासहित काठमाण्डौ आउँदा सरकारले सहमति गरेको, तर कार्यान्वयन नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया