एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : ४० स्वर्ण, ४० रजत र ८४ कास्यका लागि प्रतिस्पर्धा हुने

 जेठ १०, २०८१ बिहीबार १२:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सोतोकान कराते सङ्घको आयोजनामा १५ औँ एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पर्सि शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बङ्ग्लादेश, पाकिस्तान, श्रीलङ्का र भुटान गरी छ वटा देशको सहभागिता रहने आयोजक सङ्घका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने । यो प्रतियोगिताअघि राखेप कभर्डहलमै आज र भोलि प्रथम बाग्मती प्रदेश खुला कराँते प्रतियोगिता हुनेछ । महासचिव शेर्पाकाअनुसार प्रतियोगिता सञ्चालन गर्न झन्डै ३२ लाख रुपैयाँ खर्च हुनेछ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया