कञ्चनपुरमा जैविक विविधता संरक्षणमा चुनौती

 जेठ १०, २०८१ बिहीबार १२:४९:५३ | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा वन डढेलो, अतिक्रमण, फडानी, चोरी शिकारलगायतका कारण जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा हिजो शुक्लाफाँटा नगरपालिका– १० झलारीमा भएको जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणकरणसम्बन्धी एक दिने तालिममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले मानवीय आवश्यकता बढ्दै जाँदा वन क्षेत्र घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । देशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उहाँले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिक स्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया