नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना

 जेठ ११, २०८१ शुक्रबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् ।

यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डङ्गोल थिए । कटुवाल र डङ्गोलको सम्झौता सकिएपछि एन्फाले उनीहरूको ठाउँमा घिमिरे र तिमिल्सिनालाई नियुक्त गरेको हो ।

नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा आउँदो जुन ६ मा यूएईसँग खेल्दैछ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया