सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

 जेठ १३, २०८१ आइतबार ६:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काए । उनले खेलको ८७ औँ मिनेटमा गोल गरे ।

अघिल्लो सिजन सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो । सिटी यो सिजनकाे प्रिमियर लिग च्याम्पियन टोली हो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया