आईपीएल फाइनल : उपाधिका लागि आज कोलकाता र हैदराबाद खेल्दै

 जेठ १३, २०८१ आइतबार ६:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

कोलकाता र हैदराबादबीच अहिलेसम्म २७ पटक भेट भएकोमा कोलकाता १८ र हैदराबाद ९ खेलमा विजयी भएको छ । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक खेल्न लागेका हुन् । यस्तै कोलकताले चौथो पटक र हैदराबादले तेस्रो पटक फाइनल खेल्न लागेको हो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया