मकवानपुरमा गाडीकाे ठक्करबाट दुई जनाकाे ज्यान गयाे

 जेठ १३, २०८१ आइतबार ९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको ज्यान गएको हो ।

हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै मनहरी गाउँपालिका–६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । ना ५ ख ७७२१ नम्बरको ट्रकले बाग्मती प्रदेश ०३–००४ प ६९७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक हेटौँडा–८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको उपचारका क्रममा चितवनमा गए राति ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयाे ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया