नेपालले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दै

 जेठ १४, २०८१ सोमबार ९:४७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल आज राति सवा नौ बजे अमेरिकाको डलासमा हुनेछ । क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो ।

नेपालले यो अभ्यास खेलमा दुवै खेल जितेको थियो । अहिलेसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन् ।  जसमा नेपाल विजयी भएको  छ ।  यी दुई टिमले पहिलोपटक २१ फेब्रुअरी २०२२ मा टी–२० आई खेलेका थिए, जसमा नेपाल ८ विकेटले विजयी भएको थियो ।  

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया