नेपालमा आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या धेरै

 जेठ १४, २०८१ सोमबार १३:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएकाे हाे ।

सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि  ५ सम्म ) मा महिला शिक्षकको सङ्ख्या ५४ दशमलव १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७९ मा यो सङ्ख्या ४७ दशमलव २ प्रतिशत थियो ।

एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यमिक तह (कक्षा (९ देखि  १२ सम्म ) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । यो तहमा १९ प्रतिशतमात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया