एअर इन्डियाको जहाज लखनउ 'डाइभर्ट', बाटिक एअरले 'ओभरशुट' गर्‍याे

 जेठ १४, २०८१ सोमबार १६:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौमा हावाको सन्तुलन नमिल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट उडान र अवतरण प्रभावित भएको छ ।

विमानस्थलको कन्ट्रोल टावरका अनुसार अहिले काठमाण्डौमा ‘असन्तुलित हावा’ चलिरहेको छ । मलेसियाबाट आएको बाटिक एअरलाइन्सले ओभरशुट गरेको छ । रनवे मै पुगेको बेला पछाडिबाट जोडले हावा चल्दा जहाज अवतरण हुन नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै एअर इन्डियाको जहाज लखनउ डाइभर्ट भएको छ । कतार एअरलाइन्सले आकाशमै फन्का लगाएको छ । अहिले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान पनि प्रभावित भएका छन् ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया