महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा 'ड्युटी' गर्नु पर्दैन : गृहमन्त्री

 जेठ १५, २०८१ मंगलबार १२:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनुभएको हो ।

महिनावारी हुँदा सडकमा महिला ट्राफिक नखटिने बरु यसको साटो जाँड–रक्सी खाएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने भएका छन् । गृहमन्त्री लामिछानेले लेख्नुभएको छ, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया