शिक्षा मन्त्रालयकाे बजेट २ खर्ब ३ अर्ब रुपैयाँ, १ देखि ५ कक्षासम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने

 जेठ १५, २०८१ मंगलबार १७:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब तीन अर्ब ६६ करोड रुपैयाँको बजेट पाएको छ ।

सरकारले २०८१ सालदेखि २०९१ सालसम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने भएको छ । बजेटमा सात वटै प्रदेशका १/१ वटा पालिकामा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन स्थापना गरिने र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पालगायत जिल्लामा दिँइदै आएको दिवा खाजाका लागि बजेट वृद्धि गरिएको उल्लेख छ ।

यस्तै सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने बताएको छ । सरकारले विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्ने भएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया