खेल क्षेत्रमा साढे ३ अर्ब रुपैयाँ बजेट, धेरैजसो पुरानै योजना

 जेठ १५, २०८१ मंगलबार १७:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । खेल क्षेत्रकाे बजेटमा धेरैजसाे पुरानै याेजना समेटिएका छन् ।

आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।

यस्तै सरकारले चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । यसैगरी सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तराेन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताएकाे छ । आउँदो वर्ष ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्ने सरकारले लक्ष्य लिएको छ ।

काठमाण्डौको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने भएको छ । सरकारले शिक्षकलाई तालिम दिई विद्यालयमा खेल प्रवर्द्धन गरिने जनाएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया