आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने सरकारकाे लक्ष्य

 जेठ १५, २०८१ मंगलबार १७:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना भई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमंत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने उहाँकाे भनाइ छ ।

यस्तै आउँदाे आर्थिक वर्ष मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । अर्थमन्त्री पुनले बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया