आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

 जेठ १६, २०८१ बुधबार १०:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । 

दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया