बजेट आएकाे भाेलिपल्ट शेयर बजार २३ अङ्कभन्दा धेरैले घट्याे

 जेठ १६, २०८१ बुधबार १५:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको लगानीकर्ताले बताएका छन् । बजेटपछिको पहिलो कारोबारमा शेयर बजार २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजार घटे पनि काराेबार रकम भने बढेकाे छ । आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पाेखरा फाइनान्स र सीईडीबी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे १९ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया