सुदूरपश्चिम रोयल्यका मेन्टर ब्राड हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले भत्काइएको सडक दुई दिनभित्र बनाउन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ । कार्यालयले न्यूरोडको जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ ।
सडक खन्न र भत्काउन रोकेर यथास्थितिमा पुनस्र्थापना गरिदिन यसअघि नै अनुरोध गरे पनि काम नभएको भन्दै कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो । हिजो महानगरलाई पत्र पठाउँदै कार्यालयले मर्मत नभएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौको गेटमा एक ट्रक धुलो फ्याँकिएको थियो । त्यसपछि सडक विभागले न्यूरोडमा जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रतिक्रिया दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।