एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् 'सधैँ अन'

 जेठ १७, २०८१ बिहीबार १८:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न पाउने भएका छन् । आममानिसलाई मोबाइल डेटामार्फत सधैँ अन अर्थात् अनलाइनमा राख्ने आफ्नो प्रतिबद्धताबमोजिम रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको एनसेलले जनाएकाे छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएकाे देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो ।

यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाउनु हाे र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो त्याे देशको सिम लिइराख्नु आवश्यक पर्दैन ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक ७९ रुपैयाँ ८८ पैसामा अमेरिका, यूएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ । यो शुल्क यसअघिको दैनिक १ सय ९० रुपैयाँ १८ पैसाको तुलनामा ५८ प्रतिशतले कम हो ।

यस्तै चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले करसहित १ सय ९० रुपैयाँ १८ पैसामा प्रतिदिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जनअघि यी देशमा दैनिक डेटा रोमिङको शुल्क ६ सय ३३ रुपैयाँ ९३ पैसा रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

ग्राहकले *१७१२९*२# डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक शुरु गर्न सक्ने एनसेलले जनाएकाे छ । प्रिपेड ग्राहकले *१२३# डायल गरी यो प्याक लिन सक्छन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेशसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

ग्राहकले देशभित्र वा नेपालबाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू काम गरी सधैँ कनेक्टेड रहन सक्छन् । सधैँ अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उद्देश्यका राखी यात्रा गर्ने ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास लिएकाे एनसेलले जनाएकाे छ ।

यो प्याक शुरु गर्न कुनै शुल्क लाग्दैन । यी देशहरूमा जाँदा रोमिङ स्वतः शुरु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानुभन्दा अधि वा विदेश पुगिसकेपछि पनि शुरु गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १ सय वटाभन्दा बढी देशमा उपलब्ध छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया