मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल मोबाइल व्यवसायी महासङ्घले मोबाइल मर्मतकाे समयमा व्यवसायीहरूले झमेला भोग्नु परिरहेको बताएको छ ।
काठमाण्डाैमा आज पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासङ्घले मोबाइल मर्मतमा देखिँदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनुपर्ने बताएको हो । महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतकाे समयमा व्यवसायीहरूलाई असहज अवस्था रहेको र व्यवसायीहरू अनावश्यक झमेलामा पर्ने गरेको बताउनुभयो । सरकारले यो समस्या समाधान गर्न कानुनी रूपमा नै बाटो खोज्नुपर्ने उहाँकाे भनाइ छ ।
भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन) ले बजारको अवस्था बिग्रँदो अवस्थामा पुर्याएकाे समेत बताउनुभयाे । जसका कारण सरकारको राजस्वमा घाटा भई देशको अर्थतन्त्रमा नकारात्मक असर बढ्दो रहेको उहाँले बताउनुभयाे ।
सङ्घका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदासमेत बिक्री सहज हुन नसकेको बताउनुभयाे । ‘मोबाइलको सेकेन्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट छैन, नीति नहुँदा बिक्री पनि सहज छैन, जसका कारण व्यवसायीहरू मारमा छन्, यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको बिक्रीको अवस्था बढ्ने र देशको पैसा देशभित्रै रहने वातावरण बन्ने छ, यो किसिमको कारोबार गर्न वैध व्यवस्था नहुँदा उपभोक्तासमेत मारमा छन्’, महासचिव घिमिरेले भन्नुभयाे ।
यसैगरी नेपालमा मोबाइल एसोसरिजको अन्डर बपलिङको कारोबारसमेत बढ्दो रहेको महसङ्घले जनाएको छ । त्यस्ता एसोसरिजहरू भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरूले भोग्नु परिरहेको महासङ्घको दाबी छ । यसले समेत सरकारको राजस्वमा नकारात्मक असर रहेको महासङ्घले बताएको छ ।
महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारण सभा आउँदाे जेठ २५ गते काठमाण्डाैमा हुँदैछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । महाधिवेशनबाट सङ्घकाे नयाँ नेतृत्व चयन हुने छ ।
२०७६ सालमा तदर्थ समिति निर्माण भई २०७८ साल असार २७ गते काठमाण्डाै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासङ्घको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ । महासङ्घमा झन्डै २० हजार जना व्यवसायी जोडिएका छन् । महाधिवेशनमा भने सात प्रदेशका ७० जिल्लाबाट झन्डै एक हजार जना प्रतिनिधि सहभागी हुने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।