सन्दीपलाई अमेरिकाले फेरि भिसा दिएन

 जेठ १७, २०८१ बिहीबार १७:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ । आज दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन दूतावासले अस्वीकार गरेको हो ।

यसअघि गएको जेठ ९ गते पनि सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । बलात्कारको मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन र खेल्ने वातावरण बनाउन भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

टी–२० विश्वकप जुन २ तारिख अर्थात् आइतवारदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिख अर्थात् मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिकामा छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया