आठौँ प्रधानमन्त्री कप भलिबल लिगको तयारी पूरा

 जेठ १८, २०८१ शुक्रबार ९:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले लिगको तयारी पूरा भएको जानकारी दिँदै सबै टिमलाई अनुशासित भएर खेल खेल्न र आफ्नो कौशलता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।

प्रतियोगिता भोलिदेखि त्रिपुरेश्वरमा रहेको  राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आयोजना हुनेछ । प्रतियोगिताको उदघाटन खेल दिउँसो ३ बजे न्यू डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबको महिला टोलीबीच हुनेछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । यस्तै प्रतियोगिताको पहिलो दिन ४ पुरुष २ महिलाको गरेर ६ खेल हुनेछ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया