खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सरकारले यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत वाहकको घरबाहिर लैजान नपाइने व्यवस्था गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रचलित कानुन बमोजिम इजाजत पत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत वाहकले घरबाहिर लैजान नपाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको ठाउँमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गाको अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा काठमाण्डौ उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवम् भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।