नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण वर्षमा ३९ हजार जनाभन्दा धेरैको ज्यान जाँदै

 जेठ १८, २०८१ शुक्रबार १८:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण वर्षमा ३९ हजार जनाभन्दा धेरैको ज्यान जाने गरेको पाइएको छ ।

नेपालमा कुल जनसङ्ख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने र यसरी प्रयोग गर्नेमध्ये वर्षेनि ३९ हजार जनाको हाराहारीले ज्यान गुमाउने गरेका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा. भक्तबहादुर केसीले जानकारी दिनुभयो ।

सुर्तीजन्य प्रदार्थको प्रयोगले फोक्सो, मुख, जिब्रो लगायतको क्यान्सर र विभिन्न प्रकारका दीर्घरोगको जोखिम बढ्ने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताउनुभयो । सुर्तीजन्य प्रदार्थको प्रयोगले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने शाहीले बताउनुभयो ।

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा पनि मनाइएको छ । सुर्तीजन्य प्रदार्थको प्रयाेगले शरीरका सबै अङ्गमा असर गर्छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया