खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – पश्चिम तराईका जिल्लाहरू बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा आज पनि तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ ।
हिजो नेपालगञ्ज र धनगढीको उच्चतम तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको थियो । तर आज हावाको गति केही बढेका कारण नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा उच्चतम तापक्रम केही घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो नेपालगञ्जमा ४२ दशमलव ५ र धनगढीमा ४२ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै आज दिउँसो साडेँपानीमा ४१ दशमलव ६, सिक्टामा ४२ दशमलव २, बैजपुर र भगवानपुरमा ४२ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ । दोधारामा ४१ दशमलव ४, दिपायलमा ४१, रानीजरुवामा ४० दशमलव २ डिग्री सेल्सियस मापन भएकाे छ । त्यस्तै सुर्खेतकाे वीरेन्द्रनगरको अधिकतम तापक्रम हिजो ४१ डिग्री सेल्सियस रहेकोमा आज केही घटेर ४० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।
पश्चिमका यी क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले निकालेको साप्ताहिक कृषि बुलेटिनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अझै एक हप्ता बदली र वर्षाकाे सम्भावना नरहेको जनाएको छ । यसको अर्थ अझै एक हप्ता गर्मी कायमै रहन्छ ।
गर्मीसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशकै उच्च गर्मी हुनेमध्येको एक बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका डा. पवनजङ्ग रायमाझीका अनुसार गर्मीकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मीबाट जोगिन पानी तथा सर्बत प्रशस्त मात्रामा पिउन र अति आवश्यक नपरि घरबाट बाहिर ननिस्कन उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।