मुगु र दार्चुलामा यार्सागुम्बा टिप्न गएका तीन जनाको ज्यान गयो

 जेठ १९, २०८१ शनिबार १८:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मुगु र दार्चुलामा यार्सागुम्बा टिप्न गएका तीन जनाको ज्यान गएको छ । यार्सागुम्बा टिप्न जाँदा मुगुमा लेक लागेर दुई जना र दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको हो ।

मुगुमा ज्यान गुमाउनेमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र कम्फा गाउँका शोभान बुढा रहेका प्रहरीले जनाएको छ । मुगुमा यार्सा संकलनमा गएका एक जना गम्भीर बिरामी भएका छन् ।

यस्तै दार्चुलामा अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षका मिलन कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । कार्कीको अपिहिमाल गाउँपालिका ३ दोनथे वनमा यार्सागुम्बा खोज्दै गर्दा भीरबाट लडेर ज्यान गएको हो ।

यो समयमा हिमाली जिल्लाका बासिन्दा बहुमुल्य जडिबुटी यार्सागुम्बा खोज्न हिमालतिर जाने गरेका छन् । विशेष गरेर दार्चुला, बझाङ, डोल्पा, मुगु लगायतका जिल्लाका बासिन्दा यार्सागुम्बा खोज्ने जाने गरेका छन् । हिमाली भीरपाखामा यार्सागुम्बा खोज्ने क्रममा कतिपयको लडेर ज्यान जाने गरेको छ । कयौं घाइते हुने गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया