धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा आज पुरुषतर्फ हेल्प नेपाल, नेपाल पुलिस र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । पुरुषतर्फ आज भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठलाई ३–१ को सेटमा पराजित गर्यो ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै तेस्रो खेलमा गण्डकीले एपीएफलाई ३–१ सेटले पराजित गरेको हो । पुरुषतर्फको आजको चौथो खेलमा बेलुका ७ बजे आर्मी र कोशी प्रदेश खेल्दैछन् । यस्तै महिलातर्फको पहिलो खेलमा एपीएफले चन्द्रागिरीले ३–२ सेटले हराएको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा आउँदो मंगलवार तीन वटा तथा अरू दिन दुई वटा खेल हुनेछ ।
लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।