दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका गुठी पीडित किसानमाथि प्रहरीको हस्तक्षेप

 जेठ २०, २०८१ आइतबार १२:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

दाङ – घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

आज बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन् । किसानले मालपोत र नापी कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् ।

सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता गरे पनि कार्यान्वयन नगरेकाले तालबन्दी गर्नुपरेकाे गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ । याे क्षेत्रकाे स्थिति अहिले तनावग्रस्त छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया