सीजीकाे घाेषणा : हरेक छक्का प्रहारमा १२ हजार, सुपर–८ मा पुगे टाेलीलाई ३० लाख रुपैयाँ पुरस्कार

 जेठ २०, २०८१ आइतबार १८:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चौधरी ग्रुप (सीजी) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीको प्रदर्शनअनुसार विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

नेपाली टोलीले खेल जितेमा एक लाख ५० हजार रुपैयाँ दिने सीजीले जनाएको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई एक लाख, अर्धशतक प्रहार गर्नेलाई ५० हजार र हरेक विकेट बराबर खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार दिने सीजीले जनाएको छ ।

यस्तै हरेक छक्का प्रहारको १२ हजार, हरेक चौका प्रहारको ८ हजार र हरेक रनको १ हजार रुपैयाँ दिने सीजीले घोषणा गरेको छ । यसैगरी टी–२० विश्वकप क्रिकेटकाे 'सुपर–८' मा पुगे टाेलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने सीजीले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया