बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता

 जेठ २२, २०८१ मंगलबार ६:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बङ्ग्लादेशको राजधानी ढाकामा हिजो भएको फाइनलमा आयोजक बङग्लादेशसँग ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो । बङ्ग्लादेशले थाइल्याण्डलाई र नेपालले केन्यालाई पराजित गर्दै फाइनल पुगेका थिए ।

नेपाल पहिलो पटक फाइनल पुगेको हो । समूह चरणका ५ खेलमध्ये ४ खेल जितेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया र इण्डोनेशियालाई पराजित गरेको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो ।

सन् २०२१ देखि शुरु भएको प्रतियोगिताको अहिलेसम्म ४ संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बङ्ग्लादेशले  जितेको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया