सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते

 जेठ २२, २०८१ मंगलबार १५:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा पर्साका मनोज महतो, विनोद महतो र अमलदेव महतो तथा सिन्धुलीको हरिहरपुरगढीका मदन घलान रहेका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया