खोटाङमा ज्यान मार्ने उद्योगमा पाँच जना युवा पक्राउ

 जेठ २३, २०८१ बुधबार १२:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय खोटाङले ज्यान मार्ने उद्योगमा पाँच जना युवालाई पक्राउ गरेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका २४ वर्षीय सुदिप तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ वर्षीय दिपिन राई, २२ वर्षीय आशिष राई, २४ वर्षीय पर्वत राई, २१ वर्षीय सन्देश राई र २५ वर्षीय हिमाल राईलाई पक्राउ परेका हुन् ।

प्रतिवादी पाँच जना युवाले जेठ २० गते किरात राई समुदायको साकेला हेरेर फर्कने क्रममा डाँडागाउँको अग्राखेमा तामाङलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिनुभयो । घाइते तामाङको काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया