चावहिलमा आगलागीमा परि एकै परिवारका ५ जना घाइते

 जेठ २३, २०८१ बुधबार १५:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे चावहिलमा आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन् । गए राति ९ बजे काठमाण्डाै महानगरपालिका वडा नम्बर ७ चावहिलको एउटा घरमा आगलागी हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।

घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षका चञ्चलबहादुर सिंहसहित श्रीमती र तीन छोरी घाइते भएका हुन् । छोरीहरूको उमेर २४ वर्ष, १६ वर्ष र ८ वर्ष रहेको छ । चञ्चलबहादुर सिंहले अत्यधिक जाँड–रक्सी खाएर परिवारसँग झगडा गरी आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले जाँड–रक्सी खाएर झगडा गरी घटना घटाएको प्रारम्भिक निष्कर्ष छ ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया