तीनकुनेमा एक गाेदाममा आगलागी, २ जना घाइते

 जेठ २३, २०८१ बुधबार १५:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा रहेको एक गाेदाममा आगलागी भएको छ ।

आज बिहान साढे ११ बजे तीनकुनेमा रहेको पाँच तले घरको अन्डर ग्राउन्डमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । दिलीपकुमार साहले सञ्चालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो ।

आगलागीमा परि धनुषा घर भई कालिमाटी बस्ने बिक्कर लामा र भक्तपुरकाे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का उदय श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । आगलागीको कारण र थप क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया