धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फ फाइनल खेलमा एभरेस्ट क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा पुलिसलाई ३–१ को सेटमा हराउँदै एभरेस्ट अपराजित रहँदै उपाधि नजिकै पुगेको हो । पुलिस लगातार चार खेल जित्दै यसअघि नै फाइनलमा पुगिसकेको थियो । महिलातर्फको फाइनल खेल भोलि दिउँसो १ बजे हुनेछ ।
प्रतियोगिताको पुरुषतर्फ लिग चरणको अन्तिम खेल चलिरहेको छ । यो खेलपछि फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । पुरुषतर्फ फाइनल खेल पनि भोलि दिउँसो ३ बजे हुनेछ । यस्तै तेस्रो स्थानका लागि पनि भोलि नै खेल हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली सहभागी थिए । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।