चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – नेपाल जीवनस्तर सर्वेक्षणले नसर्ने रोग बढ्दै गएको देखाएको छ । यसअघिको सर्वेक्षणमा ११ दशमलव सात प्रतिशत रहेकामा अहिले यसको अवस्था १८ दशमलव पाँच प्रतिशत पुगेको छ । सबैभन्दा धेरै रक्तचापका १९ दशमलव आठ प्रतिशत, पेटसम्बन्धी रोग १४ दशमलव सात प्रतिशत, मधुमेह नौ दशमलव तीन प्रतिशत, श्वासप्रश्वासम्बन्धी रोग आठ दशमलव छ प्रतिशत छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको सर्वेक्षणले सङ्क्रामक रोगमा पनि वृद्धि भएको देखाएको छ । अघिल्लो सर्वेक्षणमा २० प्रतिशत रहेकामा हाल २४ दशमलव नौ प्रतिशत छ ।
यस्तै छ दशमलव चार प्रतिशतले करारमा, २८ दशमलव सात प्रतिशतले मासिक तलबभत्ता बुझ्ने गरी दीर्घकालीन प्रकृतिको र ६४ दशमलव नौ प्रतिशतले दैनिकरुपमा भुक्तानी पाउने गरी रोजगारी गर्दै आएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार आधा घण्टाको दूरीमा प्राथमिक विद्यालयको पहुँचमा रहेको जनसङ्ख्या ९० दशमलव आठ प्रतिशत छ । त्यस्तै यस अवधिमा बजार केन्द्रको पहुँच भएको जनसङ्ख्या ७२ दशमलव सात प्रतिशत, सहकारी संस्थामा पहुँच भएको जनसङ्ख्या ८३ दशमलव तीन प्रतिशत र बैंकको पहुँचमा भएको जनसङ्ख्या ७४ दशमलव दुई प्रतिशत छ ।
नेपालको कूल जनसङ्ख्याको २० दशमलव २७ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि रहेको तथ्याङ्कले देखाएको छ । यसअघिको सर्वेक्षणमा गरिबीको रेखामुनीको जनसङ्ख्या प्रतिशत २५ दशमलव १६ प्रतिशत थियो ।
प्रदेशअनुसार गरिबीको दर हेर्दा सुदूरपश्चिममा ३४ दशमलव १६ प्रतिशत, कर्णालीमा २६ दशमलव ६९ प्रतिशत, लुम्बिनीमा २४ दशमलव ३५ प्रतिशत, गण्डकीमा ११ दशमलव ८८ प्रतिशत, बाग्मतीमा १२ दशमलव ५९ प्रतिशत, मधेसमा २२ दशमलव ५३ प्रतिशत र कोशीमा १७ दशमलव १९ प्रतिशत देखिएको छ ।
नेपाल जीवनस्तर सर्वेक्षणमा उपभोग, सेवासुविधामा पहुँच, आवास तथा आवासीय सुविधाको उपभोग, शिक्षा, स्वास्थ्य, रोजगारी, आम्दानी, बचत तथा ऋण, विप्रेषण, जग्गाको स्वामित्व र उपयोग आदिको विषय समेटिएको छ । नागरिकको जीवनस्तर मापन गरी देशमा रहेको गरिबीको अवस्था थाहा पाउनका लागि जीवनस्तर सर्वेक्षण सञ्चालन गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।