फिस्लिङ दुर्घटना : उपचारका क्रममा कारका चालककाे ज्यान गयाे

 जेठ ३२, २०८१ शुक्रबार १५:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ ।

कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान भे १ ख ४०६२ नम्बरको बस र बाग्मती प्रदेश ०२–०२९ च ३७२० नम्बरको कार ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका पाँच जना घाइते भएकामा कारका चालक ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १५ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चार जना सामान्य घाइते उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया