उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र दक्षिण अफ्रिका खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुँदैछ ।
दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । ‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भोलिको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो । यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो ।
यस्तै दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्राे खेलमा बङ्गलादेशलाई ४ रनले हराएकाे थियाे ।
टी–२० विश्वकपमा आज राति समूह ‘ए’ का अमेरिका र आयरल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको फ्लोरिडामा राति सवा ८ बजे शुरु हुनेछ । अमेरिका ३ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ वटै खेल हारेको आयरल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ ।
आज विजयी भए आयोजक अमेरिका प्रतियोगिताको सुपर–८ मा पुग्नेछ । खेल बराबरीमा सकिए वा रद्द भएमा पनि अमेरिका ५ अङ्कसहित सुपर–८ मा पुग्दा पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने छन् ।
यस्तै भोलि बिहान नै सवा ६ बजे हुने खेलमा न्युजिल्यान्ड र युगान्डा खेल्दैछन् । समूह ‘सी’ मा रहेका न्युजिल्यान्ड र युगान्डाका लागि यो खेल प्रतिष्ठाको खेल मात्रै हुनेछ । यो समूहबाट आयोजक वेस्ट इन्डिज र अफगानिस्तान सुपर–८ मा पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।