सातवटै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन र सूचना प्रविधि क्षेत्रमा प्राथमिकता (पूर्णपाठसहित)

 असार २, २०८१ आइतबार १०:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सातवटै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र प्राथमिकतामा परेको छ । सबै प्रदेशको गरी कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । जुन चालू आर्थिक वर्षको तुलनामा झन्डै दुई अर्ब रुपियाँले कम हो ।

आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र संघले कतिपय शीर्षकका अनुदान कटाएपछि प्रदेशमा बजेटको आकार घटेको हो । कोशी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा ८६ करोड घटाएर आउँदो आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मधेस प्रदेशले चालू आर्थिक वर्षकोभन्दा करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । बाग्मती प्रदेशले चालू आर्थिको वर्षको तुलनामा झन्डै दुई अर्ब रुपैयाँ बढाएर आउँदो आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

गण्डकी प्रदेशले पनि चालू आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रुपैयाँ घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

कर्णाली सरकारले चालू आर्थिक वर्षको तुलनामा दुई अर्ब रुपैयाँले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम सरकारले दुई अर्ब रुपैयाँ बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

हेर्नुहोस् सातवटै प्रदेशको बजेट (पूर्णपाठ) :

काेशी प्रदेश

मधेश प्रदेश 

बाग्मती प्रदेश 

गण्डकी प्रदेश 

लुम्बिनी प्रदेश 

कर्णाली प्रदेश 

सुदूरपश्चिम प्रदेश 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया