विजय थापाको हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता

 मंसिर ४, २०७५ मंगलबार १६:४८:५३ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिका –५, का विजय थापाको हत्याराले सजाय पाउने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । 

मंगलबार मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका विजय थापा न्यायिक संघर्ष समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासन घटनाको अनुसन्धानमा गरिरहेकोे र चाँडै नै अपराधी सार्वजनिक गरिने बताउनुभयो । 

अनुसन्धानमा केही समय लाग्ने भन्दै उहाँले पीडित पक्षलाई चित्तबुझ्दो रिपोर्ट आउने बताउनुभयो । अनुसन्धानमा केही समय लागे पनि वास्तविक दोषी उम्कन नपाउने प्रतिवद्धता उहाँले जनाउनुभयो । 

‘प्रहरी प्रशासन प्रदेश सरकारकै एक हिस्सा हो’, उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासनलाई विस्वास गर्नुस् ,अनुसन्धान हुँदैछ । छिट्टै नै दोषी सार्वजनिक गरिन्छ ।’

योसँगै धनगढी उत्तरबेहडीका युवक विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै गरिएको बन्द मंगलबार साँझदेखि फिर्ता भएको छ । मुख्यमन्त्रीकोे प्रतिक्रियापछि एक हप्ता सम्मका लागि आम हड्तालका कार्यक्रम बन्द गरिएको विजय थापा न्यायिक संघर्ष समितिले जनाएको छ । सहमति भएसँगै बुधबार बिहान ९ बजे मोहना घाटमा मृतक विजय थापाको दाहसंस्कार गरिने भएको छ ।

शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका–४ प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय युवक विजय थापाको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न भएको शंकामा विजयका साथी आशिष सेट्टीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया