फिफा वरीयतामा नेपालकाे तीन स्थान सुधार

 असार ६, २०८१ बिहीबार १८:३५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७८ औँ स्थानमा थियो ।

फिफा विश्वकप छनोट २०२६ एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । यस्तै वरीयतामा फ्रान्स दोस्रो, बेल्जियम तेस्रो, ब्राजिल चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, क्रोएसिया र इटाली शीर्ष १० मा छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया