आज विश्व सङ्गीत दिवस मनाइँदै

 असार ७, २०८१ शुक्रबार ९:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ ।

नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि विनायोसम्म मौलिकता थप्ने बाजाहरु छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया