स्टार्कले मलिङ्गालाई उछिने, कमिन्स बने टी–२० विश्वकपमा 'ह्याट्रिक' लिने साताैँ खेलाडी

 असार ७, २०८१ शुक्रबार १५:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

आईसीसी टी–२० विश्वकपको ‘सुपर–आठ’ मा आज बिहान बङ्गलादेशसँगको खेलमा १ विकेट लिएका स्टार्क टी–२० र एकदिवसीय विश्वकपमा गरी सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन् । श्रीलङ्काका बलर लसिथ मलिङ्गालाई पछि पार्दै उनी शीर्ष स्थानमा पुगेका हुन् ।

मिचेल स्टार्कले टी–२० र एकदिवसीय विश्वकपमा गरी ९५ विकेट लिएका हुन् । यस्तै दोस्रो स्थानमा रहेका मलिङ्गाले ९४ विकेट लिएका छन् । यसैगरी बङ्गलादेशका शकिब अल हसनले ९२, न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८७ र बङ्गलादेशकै महमुदुल्लाहले ७९ विकेट लिएका छन् ।

यस्तै यो खेलमा ह्याट्रिक लिएका अस्ट्रेलियाका प्याट कमिन्स टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने सातौँ खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली, आयरल्यान्डका कर्टिस क्यामफेर, श्रीलङ्काका वानिन्दु हसरङ्गा, दक्षिण अफ्रिकाका कागिसो रबाडा, यूएईका कार्तिक मय्यप्पन, आयरल्यान्डका जोशुवा लिटिलले ह्याट्रिक लिएका थिए । कमिन्स अहिले चलिरहेको विश्वकपमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेका छन् ।

यो खेलमा अस्ट्रेलियाले ‘डकवर्थ लुइस’ नियमका आधारमा बङ्गलादेशलाई २८ रनले हराएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया