युरो कप फुटबलमा आज राति पाैने १० बजे पाेर्चुगल र टर्की खेल्दै

 असार ८, २०८१ शनिबार १२:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – युराेपेली फुटबलकाे सबैभन्दा ठूलाे प्रतियाेगिता युरो कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

पहिलो खेलमा बेलुकी पौने ७ बजे समूह ‘एफ’ का जर्जिया र चेक रिपब्लिक खेल्दैछन् । यो खेल हमबर्गमा हुनेछ । चेक रिपब्लिक र जर्जिया दुवै टोलीले पहिलो खेल हारेका थिए । चेक रिपब्लिक अङ्क तालिकाको तेस्रो र जर्जिया पुछारमा छ ।

यस्तै राति पौने १० बजे समूह ‘एफ’ कै पोर्चुगल र टर्की खेल्दैछन् । यो खेल डर्टमन्डमा हुनेछ । पोर्चुगल र टर्की दुवै टोलीले पहिलो खेल जित्दै ३ अङ्क जोडेका छन् । टर्की तालिकाको शीर्ष र पोर्चुगल दोस्रो स्थानमा छ ।

यसैगरी राति पौने १ बजे समूह ‘ई’ का बेल्जियम र रोमानिया खेल्दैछन् । यो खेल कलोनमा हुनेछ । रोमानियाले पहिलो खेल जितेको थियो भने बेल्जियम पराजित भएको थियो । रोमानिया ३ अङ्कसहित तालिकाको शीर्ष र बेल्जियम पुछारमा छ ।

युरो कप फुटबलमा लगातार दोस्रो जितसहित समूह ‘बी’ को स्पेन अन्तिम १६ मा पुगिसकेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया