गाजामा रेड क्रसकाे कार्यालय नजिकै रकेट आक्रमण, २२ जनाकाे ज्यान गयाे

 असार ८, २०८१ शनिबार १२:१२:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रेस क्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजामा रहेको आफ्नो कार्यालय नजिक भएको आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ जनाको ज्यान गएको बताएको छ । रेड क्रसले शुक्रवार दिउँसो ठूला रकेट अन्तर्राष्ट्रिय समितिको कार्यालय र आवास नजिकै खसेको बताएको बीबीसीले जनाएको छ ।

आक्रमणबाट आईसीआरसी कार्यालय क्षतिग्रस्त भएको छ जहाँ आईसीआरसीका प्यालेस्टिनी सहयोगीसहित सयौँ विस्थापित मानिसहरू भवन परिसरमा पालमा बस्दै आएका थिए । रकेट आक्रमणमा अन्य ४५ जना घाइते भएका खबरमा उल्लेख छ ।

घटनाबारे इजरायली सुरक्षा बल (आईडीएफ) का प्रवक्ताले आईडीएफले त्यस क्षेत्रमा कुनै कारबाही नगरेको र घटनाबारे समीक्षा गरिरहेको बताएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यो आक्रमणका लागि इजरायललाई जिम्मेवार ठहराएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासका लडाकुले इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायली आक्रमणबाट ३७ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया