नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई

 असार ९, २०८१ आइतबार ९:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले पाँच लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए ।

नेपाल आइडलको पाँचौँ संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया