टी–२० विश्वकपमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

 असार १०, २०८१ सोमबार ६:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले नौ ओभर चार बलमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित ८३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा एक सय १५ रनमा अल आउट भयो । अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए ।

जीतपछि सुपर आठको समूह दुई मा तीन खेलबाट चार अङ्कसँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान दुई खेलमा दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अङ्क छ । अमेरिका भने अङ्कबिहीन हुँदै बाहिरिएको छ ।

अहिले दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीच खेल भइरहेको छ । आजको खेल जित्ने टोली  यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोली बन्ने छ । टी–२० विश्वकपमा आजै राति सवा ८ बजे अस्ट्रेलिया र इन्डिया पनि खेल्दैछन् । 

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया