मेलम्ची खानेपानी काठमाण्डौमा पठाउन बन्द

 असार ११, २०८१ मंगलबार १२:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेलम्ची खानेपानी काठमाण्डौमा पठाउन बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेको र मेलम्चीमा बाढीसमेत आएकाले पानीको पथान्तरण बन्द गरिएको आयोजनाले जनाएको छ ।

वर्षासँगै बाढीले पुर्‍याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारलाई बन्द गरिएको छ । पानी पनि धमिलो हुन थालेको छ । आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि पानीको आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

यसअघि असार लागेसँगै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो पानी नपरेका कारण त्यति बेला बन्द गरिएको थिएन । लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' मा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया