लेबनानमा हुने महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

 असार १२, २०८१ बुधबार १५:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लेबनानमा हुने सेडार महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

प्रतियोगितामा आयोजक लेबनानसहित नेपाल, जोर्डन, र बङ्गलादेश छन् । सेडार महिला फुटबल प्रतियोगिता आउँदो जुलाई ८ देखि १६ तारिखसम्म हुनेछ । सबै देशले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपालले पहिलो खेलमा जुलाई १० मा जोर्डनसँग, जुलाई १३ मा बङ्गलादेशसँग र जुलाई १६ मा घरेलु टोली लेबनानसँग खेल्नेछ ।

नेपाली महिला टोलीको गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ रहेका छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, हीराकुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना र समीक्षा घिमिरे छन् । यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिशा कार्की र विमला चौधरी छन् । यस्तै फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ छन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया