दक्षिण अफ्रिकामा तस्करबाट गैँडा जाेगाउन खागमा विषालु 'चिप' जडान गर्ने अभियान शुरु

 असार १३, २०८१ बिहीबार १८:३१:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण अफ्रिकाले एक सिङ्गे गैँडाको चोरी शिकारी रोक्न खागमा विषालु 'चिप' जडान गर्ने नयाँ अभियान शुरु गरेको छ । गैँडाको चोरी शिकारी रोक्न नसकेपछि वैज्ञानिकहरूले खाग अर्थात् सिङ्गमा 'चिप' जडान गर्ने उपायको प्रयोग शुरु गरेका प्रविधि प्रयोगबारे जानकारी दिने पत्रिका 'साइन्स अलर्ट' ले जनाएको छ ।

विश्वमै सबैभन्दा धेरै गैँडा पाइने दक्षिण अफ्रिकामा झन्डै १५ हजार वटा गैँडा रहेका अनुमान छ । अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा दक्षिण अफ्रिकामा चोरी शिकारीबाट चार सय ९९ वटा गैँडा मारिएका त्यहाँको पर्यावरण मन्त्रालयले जनाएको छ । तस्करहरूले गैँडा मारेर त्यसको खाग लैजान्छन् । महँगो मूल्यमा किनबेच हुने गैँडाको खागबाट परम्परागत औषधिहरू बन्ने बताइन्छ ।

अहिले गैँडामा जडान गर्न लागिएको विषालु 'चिप' ले गैँडालाई कुनै हानी नगर्ने तर 'चिप' प्रयोग गरिएका खाग प्रयोग गर्न नमिल्ने वैज्ञानिकहरूको दाबी छ । अभियानअन्तर्गत शुरुमा २० वटा गैँडामा 'रेडियो एक्टिभ चिप' जडान भइसकेको छ । यो 'चिप' अन्तर्राष्ट्रिय नाकाहरूमा जडान गरिएका 'न्युक्लियर डिटेक्टर मेशिन' ले सजिलै पत्ता लगाउने भएकोले खाग अन्यत्र लैजान नसक्ने दक्षिण अफ्रिकाको पर्यावरण मन्त्रालयले जनाएको छ ।

तस्करहरूबाट गैँडा जोगाउन गरिएका अनेक उपायले काम नगरेको अवस्थामा यो उपायले काम गर्ने आशा रहेको संरक्षण अभियानकर्मीहरूले बताएका साइन्स अलर्टको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया