मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्...
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुर – गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बताउनुभएको छ ।
बुधबार निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउन कञ्चनपुर पुग्नुभएका कांग्रेस नेता थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादल अपराधीलाई संरक्षण गर्न लागेको बताउँदै गृहमन्त्रीले राजीनामा नदिएसम्म अपराधी पत्ता नलाग्ने बताउनु भएको हो ।
‘यतिबेला गृहमन्त्री बादल कालो बादलका रुपमा रहनु भएको छ’, कांग्रेस नेता थापाले भन्नुभयो ‘त्यसैले कालो बादल हटेर पानी नपरेसम्म फोहर पखालिँदैन ।’
अपराधिलाई संरक्षण गर्ने नियत र अपरािध पक्ता लगाउने क्षमताको अभावल गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मलाको अपराधि पक्ता नलाग्ने जिकिर समेत गर्नुभयो ।
नेता थापाले अपराधी पक्ता लगाउन सिंगो देश लागिरहेका बेलामा अपराधीले नै जित्नु विडम्बना भएको बताउँदै यसमा एक दुई जना अपराधिका कारण नेपाली जनताले नै हारेको बताउनुभयो ।
‘यतिबेला गृहमन्त्रीले मात्रै हारेका छैनन् । हामी सबैले हारेका छौ’, नेता थापाले भन्नुभयो ‘एक दुईजना अपराधीले जित्नु भनेको सिंगो देश र सारा नेपालीले हार्नु हो ।’
उता, धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउँदै थापाले निर्मलाको घटनामा अपराधी पत्ता लगाउनका लागि कुनै व्यक्ति विशेष र दलले मात्रै नभएर सबै लाग्नु पर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।